१ कार्तिक २०८३, आइतबार । October 19, 2026

विनोद चौधरीको सम्पत्तिमा २० करोड डलरको वृद्धि


२० चैत्र २०८१, बिहिबार  

30
Shares

काठमाडौं । नेपालका प्रमुख डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा सन् २०२५ मा उल्लेखनीय वृद्धि देखिएको छ।

फोर्ब्सको ताजा सूचीअनुसार चौधरीको कुल सम्पत्ति २ अर्ब डलर पुगेको छ, जुन सन् २०२४ मा १ अर्ब ८० करोड डलर थियो। एक वर्षमा २० करोड डलरको वृद्धि भएको हो। यसको परिणामस्वरूप, चौधरी फोर्ब्सको विश्वका धनाढ्यहरूको सूचीमा १,७६३औं स्थानमा उक्लिएका छन्।

उनी नेपालको प्रतिष्ठित नबिल बैंकका प्रमुख सेयरधारी र लोकप्रिय ‘वाई वाई’ चाउचाउका मालिक पनि हुन्, जसका कारखानाहरू भारत, सर्बिया र बंगलादेशमा सञ्चालन भइरहेका छन्। चौधरीको नेतृत्वमा रहेको सीजी कर्पोरेसनले १४३ वटा व्यवसाय सञ्चालन गर्दै आएको छ, जसमा भारतको ताज होटल चेनसँग सम्बन्धित विलासी होटलहरू पनि समावेश छन्।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १० : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि