६ बैशाख २०८३, आइतबार । April 19, 2026

ट्रकमा लुकाइएको २५ करोडको मालिकको पहिचान: को हुन् मालिक ?


१९ चैत्र २०८१, बुधबार  

273
Shares

काठमाडौं। काठमाडौंको टोखा नगरपालिका–१० मा ट्रकमा लुकाइएको २५ करोड रुपैयाँ बराबरको डलर र युरोको मालिकको पहिचान गरिएको छ।

प्रहरी अनुसन्धान र विज्ञहरूद्वारा प्राप्त जानकारी अनुसार, उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का नारायण पौडेलको रहेको पुष्टि भएको हो। चैत ४ गते, ना ७ ख १६५२ नम्बरको ट्रकमा रकम लुकाएर लैजाँदै गरेको अवस्थामा सिन्धुपाल्चोकका ४३ वर्षीय चालक कुसान लामालाई प्रहरीले पक्राउ गरेको थियो। चालक लामाले ट्रकको सिट पछाडि रकम लुकाएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार, लामाको बैंक खाता र मोबाइल सीडीआर विश्लेषण गर्दा अस्वाभाविक कारोबार र पौडेलसँगको अन्तिम सम्पर्कको संकेत प्राप्त भएको थियो। अदालतबाट पौडेलको पक्राउको लागि पुर्जी जारी भइसकेको छ र अनुसन्धान तीव्र बनाइएको छ।

प्रहरीले पौडेलको घर, कारोबार स्थल, गोदाम र विभिन्न स्थानमा खानतलासी गर्दा थप प्रमाणहरू बरामद गरेका छन्। सीसीटीभी फुटेज र डिजिटल उपकरणहरूको जाँचसँगै, घटनामा संलग्न अन्य स्थानहरूको पनि समिक्षा गरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ४ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित