२१ श्रावण २०८३, बिहिबार । August 7, 2026

स्वतन्त्रताको नाममा हिंसा, तोडफोड र आगजनी निषेधित: राष्ट्रपति


१९ चैत्र २०८१, बुधबार  

33
Shares

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्रताको नाममा हिंसा, तोडफोड, आगजनी र लुटपाटलाई सर्वदा निषेधित रहेको स्पष्ट गरेका छन्।

रेडियो नेपालको हीरक महोत्सवको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले संविधानको मर्म र भावना अनुसार जनताले स्वतन्त्रता प्रयोग गर्दा जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रपति पौडेलले नागरिकलाई संविधानले आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रता दिएको भए पनि हिंसा र आक्रमक गतिविधि स्वीकार्य नहुने बताएका छन्।

उनले काठमाडौंमा हालै घटेका घटनाका क्रममा जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै भने, “लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुन्छ र संविधानले दिएको अधिकारको प्रयोग गर्दा लोकतान्त्रिक संस्कारको पालन गर्नु आवश्यक छ।”

उनले संविधानको संरक्षण र जिम्मेवार अधिकार प्रयोगका बारेमा जनतालाई सचेत गराउँदै लोकतान्त्रिक गणतन्त्रका मूल्यहरूको सम्मान गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  १ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध