४ असार २०८३, बिहिबार । June 18, 2026

एसईई परीक्षा सम्पन्न, नतिजा असार ७ भित्र सार्वजनिक हुने


१९ चैत्र २०८१, बुधबार  

15
Shares

काठमाडौं । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठीमीका अनुसार चैत ७ गतेदेखि सञ्चालन भएको परीक्षा मंगलबार सकिएको हो। यस वर्ष एसईईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भए। सबैभन्दा धेरै परीक्षार्थी काठमाडौंमा ३९,६०० र सबैभन्दा कम मनाङमा ४३ जना थिए।

जापानको परीक्षा केन्द्रबाट २९ विद्यार्थीले परीक्षा दिए भने केन्द्रीय कारागार, दैलेखका दुई कारागार, र भक्तपुरको बालसुधार गृहबाट पनि परीक्षार्थी सहभागी भए। बोर्डका अनुसार परीक्षा नतिजा आगामी असार ७ गतेभित्र सार्वजनिक गरिनेछ। यस वर्ष न्यूनतम ३५ अंकभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन्।

उत्तीर्ण दर ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ९ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा