२ माघ २०८२, बिहिबार । January 15, 2026

तीनकुने घटनाः पत्रकार रजकको शरीरमा गोली भेटिएन, पोस्टमार्टमको प्रक्रिया अघि बढ्यो



काठमाडौं । तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनका क्रममा आगलागीमा परी ज्यान गुमाएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको कुनै निशान नभेटिएको छ।

मंगलबार साँझ गरिएको एक्सरे परीक्षणपछि यस्तो पुष्टि भएको हो, जसका आधारमा शवको पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ। रजक एभिन्युज टेलिभिजनका पत्रकार थिए। गत १५ चैतमा तीनकुनेस्थित एक निजी घरमा प्रदर्शनसम्बन्धी भिडियो खिच्ने क्रममा उनी आगलागीमा फसेका थिए। हाल उनको शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।

रजकका परिवारजनले घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने, उनलाई सहिद घोषणा गर्नुपर्ने, तथा उचित क्षतिपूर्तिको माग गरेका छन्। यसैबीच, तीनकुने घटनामा ज्यान गुमाएका अर्का व्यक्ति, कीर्तिपुरका सविन महर्जनको मंगलबार साँझ पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले