२७ बैशाख २०८३, आइतबार । May 11, 2026

आईपीएलः प्रभसिमरन र श्रेयसको अर्धशतकले पञ्जाबलाई लगातार दोस्रो जित


१९ चैत्र २०८१, बुधबार  

18
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्सले उत्कृष्ट लय कायम राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ।

मंगलबारको खेलमा लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्दै पञ्जाबले अंकतालिकामा दोस्रो स्थान ओगटेको छ। १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि प्रभसिमरन सिंहले तिव्र गतिमा रन जोडे। उनले २३ बलमै अर्धशतक पूरा गर्दै ९ चौका र ३ छक्कासहित ६९ रनको विस्फोटक इनिङ खेले।

कप्तान श्रेयस अय्यरले संयमित खेल्दै अविजित ५२ रन बनाए भने नेहाल वधेरा ४३ रनमा नटआउट रहे। पञ्जाबले १६ दशमलव २ ओभरमै लक्ष्य पूरा गर्दै ८ विकेटको सहज जित निकालेको हो। लखनउका लागि दिग्वेश राथीले मात्र २ विकेट हात पारे, भने अन्य बलरहरू विकेटविहीन रहे।

टस गुमाएर पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १७१ रनको योगफल खडा गर्‍यो। निकोलस पूरनले सर्वाधिक ४४ रन बनाए भने आयुष बदोनीले ४१, एइडेन मार्करमले २८, र अब्दुल समादले २७ रनको योगदान दिए। २ खेलमा लगातार २ जितसहित पञ्जाब ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ।

लखनउ भने ३ खेलमा १ जित र २ हारसहित २ अंकमा सीमित रहँदै छैटौं स्थानमा झरेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ८ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा