४ असार २०८३, बिहिबार । June 18, 2026

नेपाल सुपर लिगः धनगढीको विजयी सुरुवात, बुटवल ४–१ ले पराजित


१८ चैत्र २०८१, मंगलबार  

21
Shares

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत आफ्नो पहिलो खेलमा सशक्त प्रदर्शन गर्दै धनगढी एफसीले शानदार जित हात पारेको छ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा साबिक विजेता धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्यो। खेलको छैटौं मिनेटमै हिजालीले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए। तर, ३१औं मिनेटमा बुटवलका केन्टा हाराले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा धनगढीले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।

७५औं मिनेटमा मार्की प्लेयर कृतिशरत्न छुन्जुले कप्तान देवेन्द्र तामाङको पासमा सुन्दर गोल गर्दै धनगढीलाई पुनः अग्रता दिलाए। खेल २(१ को अवस्थामा रहँदा इन्जुरी समयमा धनगढीले थप २ गोल गर्दै जित सुनिश्चित गर्यो। इन्जुरी समयको छैटौं मिनेटमा हिजालीले व्यक्तिगत दोस्रो गोल गरेका थिए भने खेल सकिनै लाग्दा सर्जियो बार्बोजुले अर्को गोल थप्दै टिमलाई सानदार जित दिलाए। बुटवल लुम्बिनीका लागि भने यो पहिलो हार रह्यो।

यसअघि झापा एफसीविरुद्ध गोलरहित बराबरी खेलेको बुटवलका लागि अंक हासिल गर्ने प्रयास सफल हुन सकेन। धनगढीको यो जितले सुपर लिगमा उनीहरूको सशक्त सुरुवातलाई संकेत गर्छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ९ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा