२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

दुबईबाट भन्सार छली ल्याइएका ल्यापटप र मोबाइलसहित ७ जना पक्राउ



काठमाडौं । दुबईबाट अवैध रूपमा ल्यापटप र मोबाइल भन्सार छली नेपाल भित्र्याएको आरोपमा एक पसल सञ्चालकसहित ७ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङ विराटनगर–१५ का रसिद आलम रहेका छन्, जो हाल काठमाडौंको कलंकीमा बस्दै ल्यापटप पसल सञ्चालन गर्दै आएका थिए। त्यस्तै, दुबईबाट सामान ल्याउने महोत्तरीका राकेश गिरी, पाल्पाका ताराबहादुर रेस्मीमगर, पाँचथरकी कमला फिया तथा सामान लिन आउने मकवानपुरका चित्रबहादुर मल्ल ठकुरी, हुकुमबहादुर मल्ल, र उदयपुरका सुमित केसी पक्राउ परेका छन्।

नेपालमा यात्रुहरूलाई एक थान ल्यापटप र एक थान मोबाइल ल्याउँदा भन्सार छुट हुने कानुनी व्यवस्था छ। तर, पक्राउ परेका व्यक्तिहरूले सोही नियमको दुरुपयोग गर्दै विभिन्न यात्रुहरूलाई प्रयोग गरी ठूलो परिमाणमा सामान भित्र्याउँदै आएको पाइएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार दुबईका विभिन्न उडानमार्फत सोमबार नेपाल आएका तीन यात्रुलाई बत्तिसपुतली क्षेत्रमा नियन्त्रणमा लिइएको थियो।

उनीहरूले ल्याएका ल्यापटप र मोबाइल लिन आएका अन्य तीन जनालाई समेत प्रहरीले सोही स्थानबाट पक्राउ गरेको हो। थप अनुसन्धानका क्रममा न्युरोडको संकटा मन्दिर नजिक रहेको ‘एलिटेड सप्लायर्स प्रालि’ नामक ल्यापटप पसलका सञ्चालक रसिद आलम मुख्य योजनाकार रहेको खुलेको छ।

आलमको पसल तथा स्टोरमा छापा मार्दा बिल बिजक नभएका डेल कम्पनीका ६९ थान ल्यापटप र २ थान मोबाइल बरामद गरिएको थियो।

नियन्त्रणमा लिइएका ७ जना अभियुक्तलाई बरामद गरिएका सामानसहित थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको