१ माघ २०८२, बुधबार । January 15, 2026

चलचित्र ‘महाभोज’को नयाँ गीत ‘मख्खै परें’ सार्वजनिक



काठमाडौं । आगामी जेठ १५ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘महाभोज’को नयाँ गीत ‘मख्खै परें’ सार्वजनिक भएको छ।

यो गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको संगीत र स्वर, र ससिका राईको भी भावपूर्ण स्वर रहेको छ। गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, र मलिका महतले आकर्षक कौडा नृत्य प्रस्तुत गरेका छन्।

भिडिओमा आर्यन सिग्देललाई गाउँको सम्भ्रान्त व्यक्तिको रूपमा र सुरक्षा पन्तलाई उनकी पत्नीको भूमिकामा देखाइएको छ। मौसम हिमालीले कोरियोग्राफी गरेको भिडियोको अन्त्यमा मलिका र खगेन्द्र छापामारको पोसाकमा प्रस्तुत भएका छन्, जसले भिडियोमा रोचक मोड थपेको छ।

चलचित्रको निर्देशन दिनेश राउतले गरेका छन्, र यसको पटकथा विकास सुवेदीले लेखेका हुन्। ‘महाभोज’ मा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, र अन्य चर्चित कलाकारहरूको अभिनय देख्न सकिन्छ।

यस चलचित्रको निर्माण क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त रूपमा गरेको हो, र यसको निर्माता हिमाल कडरिया छन्।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ६ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले