२६ माघ २०८२, आइतबार । February 8, 2026

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक



काठमाडौं । अभिनेता विपीन कार्की स्टारर नयाँ चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक गरिएको छ।

मंगलबार एक भव्य कार्यक्रममा चलचित्रको टिजर मिडियासम्म ल्याइएको हो। यस चलचित्रमा विपीन कार्की र मिरूना मगर प्रमुख भूमिकामा छन्, र यो टिजरले प्रेम, स्मृति, र सम्बन्धका उतारचढावलाई एक सन्देशपूर्ण र सौन्दर्यपूर्ण ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ। टिजरको एक दृश्यमा मिरूना द्वारा दिएको डायरीमा विपीनले आफ्ना गहिरा भावनाहरू लेखिरहेको देखाइएको छ।

‘ऊनको स्वीटर’ चलचित्र आर्टमान्डु प्रालिको निर्माणमा बनेको पहिलो फिचर फिल्म हो। यसका निर्देशक नवीन चौहान हुन्, जसले पटकथा पनि लेखेका छन्। चलचित्रको संगीत सुजन चापागाईंले तयार गरेका छन्, र सहलेखन सुरज कटुवालले गरेका छन्। चलचित्रमा विल्सनविक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बू जस्ता अन्य प्रमुख कलाकारहरूको पनि अभिनय छ।

यसका साथै सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरजस्ता कलाकारहरूले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ६ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।