३० चैत्र २०८१, आइतबार । April 13, 2025

पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम



काठमाडौं । तीनकुने प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको पोष्टमार्टममा ढिलाइ भएको छ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले पोर्टेबल एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने अडान लिएका छन्। रजकका परिवारले घटना अनुसन्धानको माग गर्दै जाहेरी दिएपछि प्रहरीले अस्पताल प्रशासनलाई पोष्टमार्टम प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। तर, उनलाई गोली लागेको भन्ने हल्ला फैलिएपछि चिकित्सकहरूले पहिला एक्सरे गर्नुपर्ने आवश्यकता देखाएका हुन्।

त्रिवि शिक्षण अस्पतालमा पोर्टेबल एक्सरे मेसिन उपलब्ध नभएकाले अन्यत्र खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। चैत १५ गते समाचार संकलनका क्रममा जलेर मृत्यु भएका रजकको शरीरमा गोली लागेको पुष्टि नभए पनि सामाजिक सञ्जालमा गलत सूचना फैलिएको प्रहरीले जनाएको छ।

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ तथा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ द्वारा आयोजित प्रदर्शनमा गोली चलेको आशंका गरिएको छ।

तर, प्रहरीका अनुसार कति गोली चल्यो भन्नेबारे यकिन तथ्यांक संकलनको प्रक्रिया अझै जारी छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ५ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वीरगन्जमा कर्फ्यु अवधि थपियो, अवस्था अझै सामान्य छैन

पर्सा । दुई समुदायबीच उत्पन्न तनाव चुलिँदै गएपछि स्थानीय प्रशासनले

विश्वकप एसिया छनोट: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको आईसीसी

चार देशीय टी–२० सिरिजको फाइनलमा नेपालको टस जित, कुवेत ब्याटिङमा

काठमाडौं – हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिजको

सुनको उकालो यात्रा जारी : आइतबार नेपाली बजारले नयाँ रेकर्ड छोयो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्दै नयाँ

आदेश नभएसम्म प्रहरीको राजीनामा स्वीकृत नहुने

काठमाडौँ । पछिल्लो समय देशभर विशेषगरी काठमाडौंमा भइरहेका विभिन्न आन्दोलन