५ आश्विन २०८३, सोमबार । September 22, 2026

दलीय ट्रेड युनियन खारेजीको मागसहित कर्मचारीको मन्त्रालयअघि धर्ना


१८ चैत्र २०८१, मंगलबार  

18
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि दलीय कर्मचारी ट्रेड युनियन खारेज गर्नुपर्ने मागसहित सरकारी कर्मचारीहरू धर्नामा बसेका छन्।

उनीहरूले संघीय निजामती सेवा ऐन तुरुन्त जारी गर्नुपर्ने मागसमेत अघि सारेका छन्। स्वतन्त्र निजामती कर्मचारी अभियानका संयोजक पशुपति पोखरेलका अनुसार, पटक–पटक मागपत्र बुझाउँदा पनि सम्बोधन नभएकाले आन्दोलन गर्न बाध्य भएको बताएका छन्। २०८१ चैत १७ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मन्त्रालय गेटअगाडि धर्ना दिएर विरोध कार्यक्रम सुरु गरिएको छ।

धर्नाकारीहरूले नेपाल निजामती सेवामा व्याप्त विकृति हटाउनुपर्ने, लेनदेनका आधारमा हुने सरुवा रोक्नुपर्ने, र तीनै तहका कर्मचारीका लागि एक मात्र आधिकारिक ट्रेड युनियन कायम गर्नुपर्ने माग राखेका छन्। साथै, पैसा उठाएर गरिने सरुवा बन्द गर्नुपर्ने, कर्मचारीलाई अतिरिक्त वा बरण्डामा राखेर दाम तोकेर कामु तथा निमित्त तोक्ने कार्यलाई भ्रष्टाचार भन्दै रोक्नुपर्ने माग गरिएको छ।

स्थानीय तहका कर्मचारीहरूमाथि भइरहेको विभेद अन्त्य गर्नुपर्ने र निर्णय कार्यान्वयन गर्ने कर्मचारी निर्दोष भए सम्मान गर्नुपर्ने, दोषी भए कडा कारबाही गर्नुपर्ने माग उठाइएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  १ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा