३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

प्रधानमन्त्री ओलीको थाइल्याण्ड यात्राः ऐतिहासिक भेटवार्ता र बिमस्टेक सहभागिता


१८ चैत्र २०८१, मंगलबार  

27
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेक शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्दैछन्।

उनी दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्ने कार्यक्रम छ। प्रतिनिधिसभामा हिजोको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल–थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि पहिलो पटक कुनै नेपाली प्रधानमन्त्रीले औपचारिक भ्रमण गर्न लागेको उल्लेख गरे।

बैंककलाई दक्षिणपूर्वी एसियामा ‘गेटवे’ मानिने भएकाले यो भ्रमण विशेष महत्त्वको भएको उनले बताए। यस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका नरेश तथा समकक्षीसँग भेटवार्ता गर्नेछन्। पर्यटन र संस्कृतिसम्बन्धी दुई महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर हुनेछ भने गैरसरकारी क्षेत्रबीच ६ सम्झौताहरू सम्पन्न हुनेछन्।

साथै, उनले थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरूसँग छलफल गर्नुका साथै एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले चैत २२ गते बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्।

साथै, अन्य मुलुकका नेताहरूसँग साइडलाइन वार्ताको सम्भावना रहेको जनाइएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि