१६ श्रावण २०८३, शनिबार । August 1, 2026

देशभर मौसममा विविध प्रभाव: केही स्थानमा हल्का हिमपातको सम्भावना


१८ चैत्र २०८१, मंगलबार  

66
Shares

काठमाडौं । देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली कायम रहँदा अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम खुला रहनेछ। उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ। राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिकदेखि सफा मौसम रहने अनुमान गरिएको छ।

मौसम परिवर्तनले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर