२७ चैत्र २०८१, बिहिबार । April 10, 2025

नेपाल सुपर लिग २०२५ : एफसी चितवनको शानदार सुरुवात



काठमाडौं । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा शानदार सुरुवात गर्दै पोखरा थण्डर्सलाई २–० ले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा उज्बेकिस्तानी खेलाडी नोदिर माभलोनोभले खेलको १५औं मिनेटमै गोल गर्दै चितवनलाई अग्रता दिलाए। इन्जुरी टाइमको छैटौं मिनेटमा वैकल्पिक खेलाडी निरज चौधरीले अर्को गोल थप्दै चितवनको जित सुनिश्चित गरे। दुवै टोलीले खेलभरि गोल गर्ने केही अवसर पाए पनि ती सफल बनाउन सकेनन्। यस जितसँगै चितवनले लिगको पहिलो खेलमै ३ अंक जोड्दै उत्कृष्ट सुरुवात गरेको छ।

साथै, यसअघि लगातार दुई संस्करणमा हार बेहोरेको चितवनले अन्ततः पहिलो खेलमै जित निकाल्ने कीर्तिमान पनि बनाएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डकवर्थ लुइस पद्धतिमा अफगानिस्तानलाई हराउँदै नेपाल यू–१९ को सान्त्वना जित

काठमाडौं । नेपाल यू–१९ क्रिकेट टोलीले अफगानिस्तान यू–१९ विरुद्धको तेस्रो

सान्टो डोमिङ्गोको नाइटक्लबमा भयानक दुर्घटनाः ११३ को मृत्यु, सयौं घाइते

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोस्थित एक प्रसिद्ध नाइटक्लबमा

२४ घण्टाभित्र प्रहरीसमक्ष उपस्थित हुने दुर्गा प्रसाईको घोषणा

काठमाडौं । पछिल्लो समय प्रहरीको खोजी सूचीमा रहेका दुर्गा प्रसाईले

एन–प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण, सरकारलाई संवादको वातावरण सिर्जना गर्न आग्रह

काठमाडौं । शिक्षा क्षेत्रको शुद्धिकरण र सुदृढीकरणमा संवेदनशील भूमिका निर्वाह

नेप्से ९.६६ अंकले बढ्यो, होटल तथा पर्यटन क्षेत्रमा उच्च चमक

काठमाडौं । साताको मध्य दिन बुधबार सेयर बजार हरियालीमा फर्किएको