१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

बाजुरामा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु


१७ चैत्र २०८१, सोमबार  

36
Shares

धनगढी । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३, धुर्तोलामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।

आइतबार साँझ घर नजिकै खेलिरहेका ८ वर्षीय विजय रावतलाई चितुवाले आक्रमण गरेपछि घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार, अचानक चितुवा आँगनमा आइपुगेपछि बालकलाई समातेर लगेको थियो।

घटना भएपछि स्थानीय बासिन्दामा ठूलो त्रास फैलिएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको छ भने प्रहरी तथा वन विभागको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

यस घटनाले गाउँमा सुरक्षा सतर्कता बढाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ९ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था