२ माघ २०८२, बिहिबार । January 15, 2026

देशभर मौसमको मिश्रित प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण विभिन्न स्थानमा मौसम परिवर्तनशील देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहँदा अन्य भूभागमा मौसम प्रायः सफा रहनेछ।

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। मौसम परिवर्तनका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।

विशेष गरी हिमाली तथा पहाडी क्षेत्रका बासिन्दाले तापक्रममा हुने गिरावटलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउनुपर्नेछ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले