२८ मंसिर २०८२, शनिबार । December 13, 2025

आइपीएल २०२५: राजस्थान रोयल्सले चेन्नईलाई पराजित गर्दै पहिलो जित दर्ता



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा राजस्थान रोयल्सले आफ्नो पहिलो जित दर्ता गरेको छ। रोमाञ्चक खेलमा राजस्थानले चेन्नई सुपर किंग्सलाई ६ रनले पराजित गर्दै अंकतालिकामा आफ्नो खाता खोलेको हो।

राजस्थानको बलियो प्रदर्शन, नितिश राणाको विस्फोटक ब्याटिङ

गुहाटीस्थित बार्सापारा क्रिकेट स्टेडियममा टस गुमाएर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रन बनायो। टोलीका लागि नितिश राणाले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा १० चौका र ५ छक्कासहित ८१ रन बनाए। ओपनर यसस्वी जैसवाल ४ रनमै आउट भए भने कप्तान सन्जु सैमसनले २० रन बनाए। रियान परागले ३७ रनको योगदान गरे भने सिम्रोन हेटमायरले १९ रन बनाए। अन्य ब्याट्सम्यान भने प्रभावशाली प्रदर्शन गर्न सकेनन्।

चेन्नईका बलरमध्ये खलिल हमिद, नुर अहमद र माथिसा पाथिरानाले समान २-२ विकेट लिए। रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले १-१ विकेट झारे।

चेन्नईको संघर्ष, राजस्थानको बलिङ प्रभावशाली

१८३ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो। कप्तान ऋतुराज गायकवाडले सर्वाधिक ६३ रन बनाए। उनले ४४ बलमा ७ चौका र १ छक्का प्रहार गरे। ओपनर रचिन रविन्द्र शून्य रनमै आउट भए भने राहुल त्रिपाठीले २३ रन बनाए। शिवम दुबेले १८ रन र महेन्द्र सिंह धोनीले १६ रनको योगदान गरे।

रविन्द्र जडेजा ३२ रनमा अविजित रहे भने जेमी ओवरटन ११ रनमा नटआउट रहे। राजस्थानका बलर वानिन्दु हसरङ्गाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सन्दीप शर्मा र जोफ्रा आर्चरले १-१ विकेट झारे।

राजस्थानको पहिलो जित, चेन्नईको दोस्रो हार

यस जितसँगै राजस्थानले आफ्नो पहिलो जित दर्ता गरेको छ। यसअघि, राजस्थानले सनराइजर्स हैदराबादसँग ४४ रनले र कोलकाता नाइट राइडर्ससँग ८ विकेटले हार बेहोरेको थियो। चेन्नईका लागि भने यो दोस्रो हार हो।

पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको चेन्नईले दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग ५० रनको हार बेहोरेको थियो।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ९ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले