११ चैत्र २०८२, बुधबार । March 26, 2026

पत्रकार रजक हत्या प्रकरणः सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कानुनी कारबाही गर्ने प्रहरीको चेतावनी


१६ चैत्र २०८१, आइतबार  

30
Shares

काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले सामाजिक सञ्जालमा भ्रामक सूचना, नकारात्मक सन्देश तथा अफवाह फैलाउने संस्था वा व्यक्तिलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

विशेषगरी तीनकुनेमा पत्रकार सुरेश रजकको हत्या प्रकरणलाई तोडमोड गरी, “चैत १५ गते मारिएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली भेटिएको छ” भन्ने जस्ता भ्रामक समाचार सम्प्रेषण गर्नेहरूमाथि कारबाही गरिने प्रहरीले जनाएको छ। गत शुक्रबार “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” ले पूर्वस्वीकृति लिएर शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेको थियो।

संयोजक नवराज सुवेदी र दुर्गा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनमा सहभागी केही व्यक्तिहरूले हिंसात्मक गतिविधि, तोडफोड, आगजनी गरेपछि स्थिति उग्र बनेको थियो। प्रहरीका अनुसार आगजनीका क्रममा एक घरमा मानिस भएको अवस्थामा आगो लाग्दा ती व्यक्तिको मृत्यु भएको थियो।

घटनाको वास्तविकता नबुझी सामाजिक सञ्जालमा गलत सूचना फैलाइएकामा जिल्ला प्रहरी परिसरले आपत्ति जनाएको छ र सत्यतथ्य बिनै भ्रम फैलाउनेहरूमाथि कानुनी कारबाही अघि बढाइने जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali