२ माघ २०८२, बिहिबार । January 15, 2026

पत्रकार रजक हत्या प्रकरणः सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कानुनी कारबाही गर्ने प्रहरीको चेतावनी



काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले सामाजिक सञ्जालमा भ्रामक सूचना, नकारात्मक सन्देश तथा अफवाह फैलाउने संस्था वा व्यक्तिलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

विशेषगरी तीनकुनेमा पत्रकार सुरेश रजकको हत्या प्रकरणलाई तोडमोड गरी, “चैत १५ गते मारिएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली भेटिएको छ” भन्ने जस्ता भ्रामक समाचार सम्प्रेषण गर्नेहरूमाथि कारबाही गरिने प्रहरीले जनाएको छ। गत शुक्रबार “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” ले पूर्वस्वीकृति लिएर शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेको थियो।

संयोजक नवराज सुवेदी र दुर्गा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनमा सहभागी केही व्यक्तिहरूले हिंसात्मक गतिविधि, तोडफोड, आगजनी गरेपछि स्थिति उग्र बनेको थियो। प्रहरीका अनुसार आगजनीका क्रममा एक घरमा मानिस भएको अवस्थामा आगो लाग्दा ती व्यक्तिको मृत्यु भएको थियो।

घटनाको वास्तविकता नबुझी सामाजिक सञ्जालमा गलत सूचना फैलाइएकामा जिल्ला प्रहरी परिसरले आपत्ति जनाएको छ र सत्यतथ्य बिनै भ्रम फैलाउनेहरूमाथि कानुनी कारबाही अघि बढाइने जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले