काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ११ जनालाई पाँच दिनसम्म थुनामा राख्न अनुमति दिएको छ।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएको हो। अदालतको निर्णयअनुसार अब उनीहरू मंगलबारसम्म प्रहरी हिरासतमा रहनेछन्। अदालतले आपराधिक उपद्रवसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा अन्य ३० जनालाई पाँच दिन हिरासतमा राख्न पनि अनुमति दिएको छ।
शुक्रबार राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया