६ श्रावण २०८३, बुधबार । July 23, 2026

राजावादीले जलाए गाडी, कर्मचारी भए निलम्बित


१६ चैत्र २०८१, आइतबार  

243
Shares

काठमाडौं। राजावादी समूहले दुई सरकारी गाडीमा आगजनी गरेपछि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घटनाको गम्भीरतासँग अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

मन्त्रालयका सहायक प्रवक्ता मेघनाथ रिमालका अनुसार, सहसचिव प्रदीप कोइरालाको नेतृत्वमा गठन गरिएको समितिले जलेका गाडीहरूको क्षतिको मूल्याङ्कन, घटनामा संलग्न व्यक्तिहरूको पहिचान र उचित कारबाहीको सिफारिस गर्नेछ। समितिलाई १५ दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

शुक्रबार भएको घटनामा राजावादी कार्यकर्ताले सामाजिक सुरक्षा कोषको बीएए ६७२४ नम्बरको गाडी र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको डीएबी ३८६७ नम्बरको गाडीमा आगो लगाएका थिए। यी गाडीहरू पूर्ण रूपमा नष्ट भएका छन्।

त्यसै गरी, मन्त्रालयका सचिव कृष्णहरि पुष्करले उक्त गाडीहरूको सुरक्षा गर्न असफल रहेकाले सामाजिक सुरक्षा कोष र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशकलाई कडा स्पष्टीकरण सोधेका छन्। साथै, गाडी चालक, सवार कर्मचारी र घटनामा संलग्न व्यक्तिहरूलाई अन्य व्यवस्था नभएसम्म निलम्बन गरिएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ११ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर