१९ चैत्र २०८१, बुधबार । April 2, 2025

नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको औपचारिक घोषणाः ५५ सदस्यीय नयाँ कार्यसमिति चयन



काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको औपचारिक घोषणा गरिएको छ ।

महासंघको अनौपचारिक स्थापना एक वर्ष अघि भएको थियो, र आज काठमाडौंमा आयोजित एक समारोहमा यसको वार्षिक साधारण सभा र घोषणा सभा सम्पन्न भएको हो। यस सभा मार्फत, राजेन्द्र बरालको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसमा वरिष्ठ उपाध्यक्ष शेषराज भट्टराई र महासचिवको जिम्मेवारी उद्धवबहादुर खड्काले सम्हालेका छन्।

महासंघको सल्लाहकार सदस्यमा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू रहेका छन् जसमा उत्तमप्रसाद पन्ती, श्रीकृष्ण श्रेष्ठ, अरुण लामिछाने, र नारायण बजाज जस्ता नामहरू सामेल छन् । महासंघको उद्देश्य शैक्षिक परामर्श व्यवसायी संघहरूको हकहितको संरक्षण र प्रवर्द्धन गर्नु हो। यसले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउने, पारदर्शिता कायम राख्ने, र सेवाग्राही, विद्यार्थी तथा अभिभावकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने प्रयास गर्ने छ।

कार्यक्रममा शैक्षिक समितिका सभापति थापाले शैक्षिक परामर्श क्षेत्रको महत्व र यसको नेपाली समाजमा हुने योगदानको चर्चा गरे। उनले शैक्षिक परामर्श क्षेत्रको सही मार्गदर्शन र दृषटिकोनका लागि महासंघको स्थापनामा सराहना व्यक्त गर्दै सफलता र समृद्धिको शुभकामना दिएका छन्। अध्यक्ष राजेन्द्र बरालले महासंघको उद्देश्य र कार्यसमितिको चयन प्रक्रिया बारे स्पष्ट गर्दै शैक्षिक परामर्श व्यवसायको गुणस्तरीकरणमा महासंघको योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

यसैगरी, महासचिव उद्धवबहादुर खड्काले शैक्षिक परामर्श क्षेत्रको व्यवस्थित सुधार र विकासका लागि महासंघको जिम्मेवारी महत्त्वपूर्ण रहेको बताए। उनले शैक्षिक परामर्श व्यवसायीहरूलाई एकजुट गरेर, सबै संघ–संगठनहरूको सहयोगमा यस क्षेत्रलाई अझ व्यवस्थित र पारदर्शी बनाउनका लागि कार्य गर्ने बताए।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभाव भण्डारीले नेपालका विश्वविद्यालयहरूको राजनीतिक पक्ष र शैक्षिक क्षेत्रका समस्याहरूको समाधानका लागि शैक्षिक परामर्श व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले नेपालमा विदेशी विद्यार्थी ल्याउने र नेपाली विद्यार्थीहरूको विदेश अध्ययनलाई व्यवस्थित गर्ने कार्यमा सरकारको सक्रिय भूमिका निभाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन्।

यस महासंघको स्थापना र यसमा समावेश भएका सदस्यहरूको योगदानले नेपालका शैक्षिक परामर्श व्यवसायलाई सुधार र समृद्धिको दिशामा अघि बढाउने आशा गरिएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वराजा ज्ञानेन्द्रमा संवेदनशीलता देखिएन: महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुनेमा भएको राजावादी

ट्रकमा लुकाइएको २५ करोडको मालिकको पहिचान: को हुन् मालिक ?

काठमाडौं। काठमाडौंको टोखा नगरपालिका–१० मा ट्रकमा लुकाइएको २५ करोड रुपैयाँ

नेप्से सूचक २३.८६ अंकले वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २३.८६ अंकले वृद्धि हुँदै

सुरेश रजकको मृत्यु: पोस्टमार्टम रिपोर्टले के खुलाउँछ?

काठमाडौं । तीनकुनेमा जलेको अवस्थामा मृत भेटिएका पत्रकार सुरेश रजकको

रेडियो नेपाल ३ करोड नेपालीको हो, कुनै एक व्यक्ति, पार्टी वा सरकारको होइन: मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाललाई