२ माघ २०८२, बिहिबार । January 15, 2026

तिनकुने घटनाः हालसम्म १ सय ११ जना पक्राउ, दुर्गा प्रसाईँ अझै फरार



काठमाडौं । शुक्रबार काठमाडौंको तिनकुनेमा पूर्वराजा समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ ।

पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी परिसर काठमाडौंले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले नौ, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले तीन, प्रहरी वृत्त बालाजुले एक, प्रहरी वृत्त सिंहदरबारले दुई जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पूर्वराजा फर्काउने उद्घोषसहित तीनकुनेमा प्रदर्शन गर्ने र गर्न उक्साउने मुल कमाण्डर भनिएका दुर्गा प्रसाईँ भने फरार भएका छन् ।

प्रहरीलाई जहाँ बोलाएपनि हाजिर हुन तयार हुने भन्दै चुनौती दिएका प्रसाईँ हाल भने फरार छन् र सम्पर्कबिहीन भएका छन् । प्रहरीले उनलाई निरन्तर खोजि गरिरहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ९ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले