५ आश्विन २०८३, सोमबार । September 22, 2026

तिनकुने घटनाः हालसम्म १ सय ११ जना पक्राउ, दुर्गा प्रसाईँ अझै फरार


१५ चैत्र २०८१, शनिबार  

30
Shares

काठमाडौं । शुक्रबार काठमाडौंको तिनकुनेमा पूर्वराजा समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ ।

पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी परिसर काठमाडौंले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले नौ, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले तीन, प्रहरी वृत्त बालाजुले एक, प्रहरी वृत्त सिंहदरबारले दुई जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पूर्वराजा फर्काउने उद्घोषसहित तीनकुनेमा प्रदर्शन गर्ने र गर्न उक्साउने मुल कमाण्डर भनिएका दुर्गा प्रसाईँ भने फरार भएका छन् ।

प्रहरीलाई जहाँ बोलाएपनि हाजिर हुन तयार हुने भन्दै चुनौती दिएका प्रसाईँ हाल भने फरार छन् र सम्पर्कबिहीन भएका छन् । प्रहरीले उनलाई निरन्तर खोजि गरिरहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ९ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा