४ असार २०८३, बिहिबार । June 18, 2026

आईपीएलः बेंगलुरुको लगातार दोस्रो जित, चेन्नई ५० रनले पराजित


१५ चैत्र २०८१, शनिबार  

30
Shares

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा बेंगलुरुले चेन्नई सुपर किङ्सलाई ५० रनले पराजित गरेको हो । बेंगलुरुले दिएको १९७ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । रचिन रविन्द्रले सर्वाधिक ४१ रन बनाए । एमएस धोनी ३० रनमा अविजित रहे भने रविन्द्र जडेजाले २५ रन बनाए ।

बेंगलुरुका लागि जोश हेजलवूडले ३ विकेट लिँदा यश दयाल र लियाम लिभिङस्टोनले २(२ तथा भुवनेश्वर कुमारले १ विकेट लिए । दोस्रो ओभरमै ८ रन जोड्दा २ विकेट गुमाएपछि चेन्नई सुरुवातदेखि नै दबाबमा आएको थियो । त्यसपछि रचिनले सम्हालिने प्रयास गरेपनि अन्यबाट साथ पाउन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले कप्तान रजत पाटिदारको अर्धशतक तथा टिम डेभिडको फिनिसिङ मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

यस जितसँगै २ खेलमा ४ अंकसहित चेन्नई अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ भने चेन्नई २ खेलमा २ अंकसहित सातौं स्थानमा झरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा