१६ जेष्ठ २०८३, शनिबार । May 30, 2026

तिनकुने घटनाः मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भुमिगत, खोज्दै प्रहरी


१५ चैत्र २०८१, शनिबार  

75
Shares

काठमाडौं । शुक्रबार काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक घटनाको मुख्य जिम्मेवारी मानिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ यतिबेला भुमिगत भएका छन् ।

सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई भूमिगत भएका हुन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि राति ११ बजेसम्म फेला परेका छैनन् । सरकारले आगजनी, पत्रकारलाई जलाएर मारेको तथा सरकारी तथा निजी सम्पत्ति लुटपाटमा प्रमुख दोषी बनाएर मुद्दा चलाउने भएपछि प्रसाईँ फरार छन् ।

उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर घोषित भएका व्यक्ति हुन् । प्रहरीले शुक्रबारको घटनामा जिम्मेवार मानिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शम्सेर जबरालाई भने पक्राउ गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था