२३ चैत्र २०८१, आइतबार । April 6, 2025

तीनकुने घटनाः धवलशमशेर, रवीन्द्र मिश्र र स्वागत नेपाल सहित ६ जना पक्राउ



काठमाडौं । शुक्रबार काठमाडौंको तिनकुने क्षेत्रमा भएको हिंसात्मक आन्दोलनको जिम्मेवार रहेको भन्दै प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल लगायत ६ जना राप्रपाका नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति बीएण्डी अस्पतालबाट बिरामी भेटेर फर्किँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । त्यस्तै अधिवक्ता स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ पनि पक्राउ परेका छन् । शुक्रबार दिउँसो राजावादीको हिंसात्मक प्रदर्शन हुँदा दुई जनाले ज्यान गुमाएका थिए । उक्त प्रदर्शनमा उनीहरूको सक्रिय सहभागिता थियो ।

उक्त घटनाको मुख्य जिम्मेवार ठहर गर्दै गृह प्रशासनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई समेत पक्राउ गर्न आदेश दिएको छ । यद्यपी यतिबेला दुर्गा प्रसाईँ फरार रहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ७ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली सेनाको लघुचलचित्र प्रतियोगितामा ‘उडान’ बन्यो प्रथम

काठमाडौं । नेपाली सेनाले आयोजना गरेको लघुचलचित्र प्रतियोगितामा यस वर्ष

नेपालमा ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु, परराष्ट्रमन्त्री राणाले उद्घाटन गर्ने

काठमाडौँ। आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षा प्रविधिको प्रवर्द्धन गर्ने

दाउन्ने क्षेत्रमा सवारी आवागमन रोक, सडक विस्तारमा तीव्रता

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तार कार्यलाई तीव्रता

नेपालको ऐतिहासिक सफलताः एरिका गुरुङको स्वर्ण र अस्ट्रेलियन ओपनमा पाँच पदक

एजेन्सी । नेपाली कराते खेलाडी एरिका गुरुङले अस्ट्रेलियन ओपन कराते

आज रामनवमी पर्व, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज चैत्र शुक्ल नवमीका दिन श्रद्धा र भक्तिपूर्वक