२ माघ २०८२, बिहिबार । January 15, 2026

प्रचण्डको चेतावनी: ‘तीनकुनेमा अराजकता, अर्को गल्ती गरे केही पनि बाँकी रहँदैन’



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा राजावादी समूहको अराजकता प्रदर्शनलाई तीव्र आलोचना गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले तीनकुनेको प्रदर्शनलाई “कुकुरको पुच्छर बांगै” भनेको जस्तो अराजकताको पराकाष्ठा भन्दै तिनको चरित्रलाई उजागर गरे।

प्रचण्डले भने, “त्यहाँ घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुंगा प्रहार गरेका छन्। उनीहरूको उद्देश्य देशभर आतंक मच्चाउनु र केही मान्छे मरेको स्थिति बनाउन चाहिएको हो। यो राजावादीहरूको वास्तविक चरित्र हो।”

यस्तो स्थितिमा राजावादीहरूले वातावरणलाई उत्तेजित र आतंकित पार्न चाहेको प्रचण्डको भनाइ थियो। उनले गणतन्त्रवादी र राजावादीहरूको विरोध सभा एकै दिन भएको भन्दै राजावादीहरूको मनसायप्रति चिन्ता व्यक्त गरे।

अन्त्यमा, उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिंदै भने, “अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैन।”

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ५ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले