६ बैशाख २०८३, आइतबार । April 20, 2026

काठमाडौंमा प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त


१४ चैत्र २०८१, शुक्रबार  

30
Shares

काठमाडौं । काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको छ। गणतन्त्र समर्थक समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा आयोजना गरेको छ भने राजावादीहरूले कोटेश्वरको तीनकुनेमा प्रदर्शन गर्दैछन्।

यसका कारण, काठमाडौंका विभिन्न स्थानमा सवारी रुट डाइभर्ट गरिएको छ। उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार, रत्नपार्कबाट भद्रकाली जाने सवारी रुट डाइभर्ट गरिएको छ र रत्नपार्क जाने सवारी साधनलाई बागबजारबाट पुतलीसडक हुँदै डाइभर्ट गरिएको छ। पुतलीसडकको एकतर्फी आवागमन (वान वे) खुला गरिएको छ, र त्यहाँबाट अनामनगर, माइतीघर वा कमलपोखरी तर्फ जान पाइनेछ।

राजावादी प्रदर्शनको कारण तीनकुने र जडीबुटीबाट जाने सवारीलाई रोक लगाइएको छ, तर कोटेश्वर छिचोलेर जानुपर्ने गन्तव्यका लागि वैकल्पिक रुट तोकिएको छैन। तीनकुने बानेश्वर मुख्य लेन पनि बन्द गरिएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १२ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित