२ माघ २०८२, बिहिबार । January 15, 2026

काठमाडौंमा प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त



काठमाडौं । काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको छ। गणतन्त्र समर्थक समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा आयोजना गरेको छ भने राजावादीहरूले कोटेश्वरको तीनकुनेमा प्रदर्शन गर्दैछन्।

यसका कारण, काठमाडौंका विभिन्न स्थानमा सवारी रुट डाइभर्ट गरिएको छ। उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार, रत्नपार्कबाट भद्रकाली जाने सवारी रुट डाइभर्ट गरिएको छ र रत्नपार्क जाने सवारी साधनलाई बागबजारबाट पुतलीसडक हुँदै डाइभर्ट गरिएको छ। पुतलीसडकको एकतर्फी आवागमन (वान वे) खुला गरिएको छ, र त्यहाँबाट अनामनगर, माइतीघर वा कमलपोखरी तर्फ जान पाइनेछ।

राजावादी प्रदर्शनको कारण तीनकुने र जडीबुटीबाट जाने सवारीलाई रोक लगाइएको छ, तर कोटेश्वर छिचोलेर जानुपर्ने गन्तव्यका लागि वैकल्पिक रुट तोकिएको छैन। तीनकुने बानेश्वर मुख्य लेन पनि बन्द गरिएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १२ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले