२ माघ २०८२, बिहिबार । January 15, 2026

काठमाडौंमा ३५ सय प्रहरी तैनाती: एसएसपीको नेतृत्वमा कडा सुरक्षा



काठमाडौं । काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था आज (शुक्रबार) कडा पारिएको छ। राजावादी र गणतन्त्रवादी समर्थकहरूको शक्ति प्रदर्शनलाई ध्यानमा राख्दै कडा सुरक्षा तैनात गरिएको हो।

गणतन्त्र पक्षधर समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा प्रदर्शन गर्ने तयारी गरेको छ, भने पूर्वराजाका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्ने छन्। समाजवादी मोर्चामा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा आन्दोलित हुनेछन्।

पूर्वराजाका समर्थकहरूले “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” नामक ब्यानरमा तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन्।

सुरक्षा व्यवस्था कडा पार्न, उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। ३,५०० प्रहरी एसएसपी विश्व अधिकारीको नेतृत्वमा तैनात गरिएको छ, र एसपी अपिल बोहरा प्रदर्शन स्थलमा प्रत्यक्ष रूपमा निगरानी राख्नेछन्।

सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ, जहाँ प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सुरक्षा निगरानी गरिरहेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले