२ माघ २०८२, बिहिबार । January 15, 2026

काठमाडौं महानगरले एसईई विद्यार्थीलाई घर पुर्याइदिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) एसईई (सेकेन्डरी शिक्षा परीक्षा) दिने विद्यार्थीहरूको घर फर्कनको लागि सवारी साधनको व्यवस्था गर्ने निर्णय गरेको छ।

महानगरपालिकाले विद्यार्थिहरूलाई घरसम्म सुरक्षित रूपमा पुर्याउनका लागि महानगर प्रहरी बलसँग सम्पर्क गर्न सुझाव दिएको छ। साथै, परीक्षा केन्द्रका अध्यक्ष र शिक्षकहरूलाई विद्यार्थीलाई घर पठाउन सहयोग पुर्याउन आग्रह गरिएको छ।

आज काठमाडौंमा राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शनका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ, जसको कारण महानगरले यो निर्णय गरेको हो।

महानगरले विभिन्न स्थानका लागि निम्न फोन नम्बरहरू जारी गरेको छ:

  • बानेश्वर: नगर प्रहरी उपरीक्षक दिनेश कुमार अर्याल – ९८५१०६८०९६
  • रत्नपार्क: नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने – ९८५१०९३१७६
  • नयाँ बसपार्क: नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट – ९८५१२३३६३३
  • टेकु: नगर प्रहरी निरीक्षक प्रकाश पण्डित – ९८५१०५६३४६

त्यसैगरी, महानगर प्रहरी बलको हॉटलाइन नम्बरहरू:

  • ०१५९०१७६४
  • ९८५१३५६५०९

महानगरपालिकाले विद्यार्थीहरूको सुरक्षा र सहुलियतका लागि यो कदम चालेको हो ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १० : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले