२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आजको मौसमः यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


१४ चैत्र २०८१, शुक्रबार  

147
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

शुक्रबार बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

दिउँसो ती दुई प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएङ्को छ। राति कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा मौसम आंशिक बदली रहने सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा राति पनि हल्का हिमपात र पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेश लगायत सुदुरपश्चिम प्रदेशको तराईका केही भूभागमा हावाहुरीको पनि सम्भावना रहेको यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ७ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ