३ चैत्र २०८२, मंगलबार । March 18, 2026

बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा


१३ चैत्र २०८१, बिहिबार  

27
Shares

काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंकका उपनिर्देशक सार्थक कार्कीको उपन्यास ‘इजाजतपत्र’ दिनानुदिन पाठकहरूको रोजाइमा पर्नेक्रम बढ्दो छ ।

केही समय अगाडि थुप्रै डटकममा सर्वाधिक बिक्री हुने २५० पुस्तकहरूमा समावेश उनकाे उपन्यासले साेहीक्रमलाई बढवा दिँदै १२ औँ स्थानमा उक्लिएको छ । गत असारमा सार्वजनिक भएको लेखक कार्कीकाे उपन्यास ‘इजाजतपत्र’ ३५ सयकाे हाराहारीमा रहेका कृतिहरू मध्येमा सर्वाधिक बिक्री हुनेमा १२ मा अटाउन सफल भएकाे हाे ।

जुन अनलाइन पुस्तक पसलमा ९ हजारभन्दा बढी नेपाली तथा विदेशी पुस्तकहरु उपलब्ध रहेका छन् । विगत १० वर्षदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत रहेका कार्कीकाे ‘साग्रिला बुक्स’द्वारा प्रकाशित पहिलो कृति ‘इजाजतपत्र’ को अडियो संस्करण पनि ल्याइएको छ ।

पुस्तक हात नपरेका पाठकहरुका लागि ‘इजाजपत्र’ को अडियो संस्करण एम्बिसन गुरु एपमा उपलब्ध रहेकाे लेखक कार्कीले जानकारी दिएका छन् ।

इजाजतपत्र कस्ताे उपन्यास हाे ?

इजाजतपत्र लेखक कार्कीकाे पहिलो कृति हो । ‘साग्रिला बुक्स’ द्वारा प्रकाशित उनको याे आख्यान २०८१ असारमा प्रकाशित भएको हो। इजाजतपत्र दार्शनिक र अर्थशास्त्रसँग सम्बन्धित भएर लेखिएको आख्यान हो । उपन्यासमा राज्य नागरिकको अभिभावक हो कि साथी? शासक हो कि सेवक ? यीनै मुख्य विषयलाई समेटिएको छ।

त्यस्तै, प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्र साधन होइन साध्य हो भन्ने देखाउन खोजिएको लेखक कार्कीले जानकारी दिए।
उपन्यासमा राणाशासनमा कुनै लेख रचनाहरू छाप्नकाे लागि गर्नु परेकाे संङघर्षहरू देखाउन खाेजिएकाे छ ।’पहिले नेपालमा राणा शासन रहँदासम्म अथवा यसको अन्त्यपछि पनि ‘गोरखा भाषा समिति’ भन्ने सरकारी निकाय थियो जसमा कुनै पनि लेख रचनाहरु छापिनको लागि यसको स्वीकृति हुनु अनिवार्य थियो, जसमा उसले स्वीकृति दिन्छ भन्ने हुँदैन थियो।’ लेखक कार्की भने ।

इजाजतपत्रकाे विषयवस्तु
इजाजतपत्र रुसोको सिद्धान्तहरूमा आधारित भएर लेखिएको लेखक कार्कीले बताए । रुसोको दार्शनिक सिद्धान्तबाट केही विचारहरू लिइएकाे छ । जस्तै: समाजमा जे जति पनि नियम तथा कानुनहरू बन्छ, त्यो सबै जनताको हक हितको लागि बनेको हो भन्ने जस्ता कुराहरू यसभित्र देख्न सकिन्छ ।

त्यसैगरी, यसले ठ्याक्कै देखाउन खोजेको हाम्रो राज्य व्यवस्था त्यति राम्रो छैन, देशमा भ्रष्ट्राचारले जरो गाडेको छ, भन्दै समाचारहरू आएपनी यसको कारण भ्रष्ट्राचार मात्रै भने पक्कै होइन, कार्की भन्छन् भ्रष्ट्राचार मात्रै गर्ने पैसा मात्र खाने सरकारी कर्मचारीको उद्देश्य नहुनसक्छ । कुनै सिस्टमले सरकारी कर्मचारीलाई एकदमै बलियो बनाइदिन्छ ,जसले आफ्नो शक्तिको गलत फाइदा उठाएर अरूलाई दुःख दिने काम गर्छन्।’

नेपालको शासन व्यवस्थामाथि दरिलो प्रहार यस उपन्यासमा गरिएकाे छ ।’ हाम्रो देशको शासन संविधानमा मात्रै सीमित छ । कानुन छ , शासन छ, तर यो सबै ठुला-ठुला सरकारी निकायहरूको कर्मचारीको लागि मात्र छ । अझ हाम्रो देशको कानुन झन्झटिलो छ । जसले गर्दा यसले देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको कुरालाई यस उपन्यासद्वारा पस्किएको छ ।’ लेखक कार्की भने ।

अंग्रेजीका साथै अन्य भाषामा पनि ल्याउने तयारी छ
मिडिया एउटा स्वतन्त्र विचार पोख्ने थलो हो । यहाँ हरेक थरीका विचार, धारणाहरू भएका मानिसहरू हुन्छन्, कसैले यो उपन्यास पढेपछि यसलाई रमाइलोको रूपमा प्रतिक्रिया दिए त, कसैले यसलाई आफ्नो जीवनको भोगाइ, सिकाइ र बुझाइको रूपमा प्रतिक्रिया दिए । कति पाठकले त यो मेरै कथा जस्तो लाग्यो भन्ने जस्ता विचारहरू पाठकले प्रतिक्रिया दिँदा यसबाट कार्कीलाई अझ प्रेरणा मिलेकाे छ ।

लेखनले यो स्थान पाएको देख्दा खुसी लागेकाे छ । पाठहरूबाट आशा गरेको भन्दा राम्रो प्रतिक्रिया पाँए। जसबाट सन्तुष्टि मिलेकाे छ । उनले भने । कार्कीले उपन्यासलाई भने अरु भाषामा अनुवाद गर्ने बताए । धेरै युवाहरूले यस उपन्यासलाई अङ्ग्रेजी भाषामा पढ्न इच्छा राखेकाले उनीहरूको प्रतिक्रिया अनुरूप अब छिटै नै यसलाई अङ्ग्रेजी भाषामा अनुवाद गर्ने इच्छा व्यक्त गरे।

यो उपन्यासले पश्चिमी दर्शनसँग सम्बन्धीत भएको हुँदा पछि यसले ठाउँ पाउन सक्यो भने नेपाल मात्र नभएर नेपाल बाहिरको देशहरूमा पनि यसले राम्रो प्रभाव पार्न सक्ने उनको विश्वास छ ।

करिअर सकिएपछि साहित्यिक यात्रालाई फर्किएर हेर्दा खुसी हुनेछु
उनले यो उपन्यास लेखि राख्दा कुनै साहित्यिक क्षेत्रमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्रोत्साहित गराउन साथै, भाषागत शुद्धीकरणमा पनि सुधार गर्न सकिन्छ र आफूलाई पनि दुईचार पैसा हुन्छ भन्ने मनसाय राख्दै लेखिएका रचनाले यती राम्रो प्रतिक्रिया र राम्रो बजार पाएको देख्दा कार्की एकदमै खुसी छन् ।

उनको रचनाले एउटा राम्रो स्थान पाएको छ । भनिन्छ नि, मिहिनेत गर्नेहरूकाे सफलता एकदिन पक्कै दिन आउँछ । । त्यस्तै भयाे कार्कीको जीवनमा पनि । उनी भन्छन्, ‘भोलि आउने दिनहरूमा म साहित्यिक संसारलाई सँगै लैजान्छु लैजान्न त थाहा छैन, तर मेरो करिअर सकिएपछि पछाडि फर्किएर हेर्दा यो सफलता सम्झेर फेरि एक पटक म बाच्ने छु खुसी हुनेछु ।’

फाइनान्स वित्तीय संस्था, शिक्षक हुँदै नेपाल राष्ट्र बैंककाे उपनिर्देशक बनेका कार्कीले अर्को खुड्किलाको रूपमा साहित्यलाई रोजेका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ४ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по