२ माघ २०८२, बिहिबार । January 15, 2026

प्रदर्शनले केही प्रभाव पार्ने छैन: प्रधानमन्त्री ओली



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाडौंमा हुने समाजवादी मोर्चा र राजावादी समूहका प्रदर्शनहरू कुनै असर पार्ने छैन भनेर बताएका छन्।

आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ता प्रदर्शनहरू बारे फैलाइएका त्रासलाई नकारेका छन्। प्रधानमन्त्री ओलीका अनुसार, समाजवादी मोर्चा र राजावादी समूह दुवैका प्रदर्शनहरू सामान्य हुनेछन्, जसले कुनै ठूलो परिवर्तन ल्याउने छैन। उनले भने, “१०–१५ हजार जनाले जुलुस निस्काउनु भनेको नयाँ कुरा होइन, नेपालमा यस्ता जुलुसहरू पहिले पनि निस्किएका छन्। यस्ता प्रदर्शनहरू सधैं हुने गर्छन्, त्यसैले यसमा डराउनुको के अर्थ छ?”

प्रधानमन्त्री ओलीले आफ्नो भनाइमा जोड दिँदै भने, “यस्ता जुलुसहरू केही समयको लागि मात्र हुन्छन्। यो भृकुटीमण्डपमा वा कोटेश्वरमा सभा गरिन्छ, र त्यति नै हुन्छ। त्यसैले यसबाट केहि हुने छैन।” उनले प्रदर्शनबाट डराउन नहुने र देशको विकासको काममा ध्यान दिनुपर्ने कुरा उल्लेख गरे ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ३ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले