काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ ।
बिहीबार नेप्से परिसूचक ४१ दशमलव ४३ अंकले बढेर २ हजार ६ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो । यस दिन ८७ लाख ७२ हजार १ सय ९६ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन बुधबार परिसूचक ४० दशमलव ४७ अंकले बढेर २६२३ दशमलव २१ को विन्दुमा कायम भएको थियो । आज उपसमूहतर्फ रहेका १३ वटै समूहको सेयर मूल्य वृद्धि भएको छ । त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । आज यस लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ५१ करोड १८ लाख १७ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । बिहीबार बजार पुँजीकरण ४२ खर्ब ४ अर्ब रूपैयाँ बढीको रहेको छ ।
प्रतिक्रिया