३१ आश्विन २०८३, शनिबार । October 17, 2026

आईपीएलः क्विन्टन डि ककको शानदार ब्याटिङमा कोलकाताले राजस्थानलाई ८ विकेटले हरायो


१३ चैत्र २०८१, बिहिबार  

45
Shares

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

सुरुवाति ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । जबाफी ब्याटिङमा उत्रिएको कोलकाताले १७ दशमलव ३ ओभरमा २ विकेटको क्षतिमा १५३ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । राजस्थानका लागि यसश्वी जयसवालले २९, सन्जु सामसनले १३, रियान परागले २५, ध्रुव जुरेलले ३३ तथा जोफ्रा अर्चरले १६ रन जोडे ।

बलिङतर्फ पनि राजस्थानका वाइनिन्दु हसरंगाले १ विकेट लिए । कोलकाताका लागि क्विन्टन डिककले अविजित ९७ रनको पारी खेल्दा अजिङ्क्या राहाणेले १८ तथा अङ्गकृष रघुवंशीले २२ रन जोडे ।

बलिङतर्फ कोलकाताका लागि वैभव अरोरा, हर्षित राना, मोइन अली र वरुण चक्रवर्तीले २/२ विकेट लिँदा स्पेन्सर जोनसनले १ विकेट लिए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि