२ माघ २०८२, बिहिबार । January 15, 2026

सवारी दुर्घटनामा तिलोत्तमाका वडा सदस्य पाठकको मृत्यु



रुपन्देही । तिलाेत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको सडक दुर्घटनामा मृत्यु भएको छ।

पाठक बुटवल उपमहानगरपालिका वडा नं १० स्थित चाैराहामा दुर्घटनामा परेका थिए। ईलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर धर्मराज खत्रीका अनुसार, पाठक दिउँसो ३:३३ बजे आफ्नो लु ३६प ८४४८ नम्बरको मोटरसाइकलमा बुटवल तर्फ जाँदै थिए। उनले बा ०१०३१च ५००२ नम्बरको कारलाई ओभरटेक गर्ने क्रममा यो दुर्घटना घटेको जानकारी दिएका छन्।

घटनामा गम्भीर घाइते भएका पाठकलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए। प्रहरीले उक्त दुर्घटनामा संलग्न ईभी कार र चालकलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले