१९ चैत्र २०८१, बुधबार । April 3, 2025

‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्क वेबमा बिक्रीमा



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहेको हेलो सरकारको वेबसाइट रुसी ह्याकर समूहको कब्जामा पुगेको छ ।

‘घुद्रा’  (Ghudra) नामक रूसी ह्याकरको समूहले हेलो सरकारको वेबसाइट ह्याक गरी कब्जामा लिएको हो । यो समूहले आफू ‘फेन्सी बियर्स एपीटी २८’ अन्तर्गत रहेको उल्लेख गरेको छ । फेन्सी बियर्स एपीटी २८ समूह रुसी सैन्य इन्टेलिजेन्ससँग नजिक भएको समूहका रूपमा लिइन्छ ।

यो संवेदनशील जानकारी चोर्ने र डिभाइसमा हानिकारक सफ्टवेयर इन्स्टल गर्ने समूहका रूपमा परिचित छ । यस समूहको निशानामा प्रायः सरकारी कार्यालय पर्ने गर्छन् । “नेपाल सरकारले हामीसँग सम्पर्क गर्न अस्वीकार गरेकाले हामी यो सुरक्षा डेटा उल्लङ्घन बिक्री गर्न बाध्य भएका छौं,” ह्याकरले पोस्टमा भनेको छ ।

ह्याकरले आफूसँग सबै डेटावेसको ब्याकअप रहेको दाबी गरेको छ । उक्त स्क्रिनशटमा ४९.९८ जीबीको सर्भर स्टोरज भएको देखिन्छ । जसमा ८.३२ जीबी स्टोरेज बाँकी भएको देखाइएको छ । २७ फागुनदेखि हेलो सरकारको सिस्टम डाउन छ । सिस्टम नचलेपछि हेलो सरकारले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको थियो ।

अहिलेसम्म पनि उक्त वेबसाइट डाउन छ । तर, हेलो सरकारले साइट अवरुद्ध हुनुको कारण बाहिर ल्याएको छैन ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वराजा ज्ञानेन्द्रमा संवेदनशीलता देखिएन: महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुनेमा भएको राजावादी

ट्रकमा लुकाइएको २५ करोडको मालिकको पहिचान: को हुन् मालिक ?

काठमाडौं। काठमाडौंको टोखा नगरपालिका–१० मा ट्रकमा लुकाइएको २५ करोड रुपैयाँ

नेप्से सूचक २३.८६ अंकले वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २३.८६ अंकले वृद्धि हुँदै

सुरेश रजकको मृत्यु: पोस्टमार्टम रिपोर्टले के खुलाउँछ?

काठमाडौं । तीनकुनेमा जलेको अवस्थामा मृत भेटिएका पत्रकार सुरेश रजकको

रेडियो नेपाल ३ करोड नेपालीको हो, कुनै एक व्यक्ति, पार्टी वा सरकारको होइन: मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाललाई