२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेपाल शेयर बजारमा पुनः वृद्धिको संकेत, कारोबार रकम भने घट्यो


१२ चैत्र २०८१, बुधबार  

15
Shares

काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज ३९.१३ अंकले वृद्धि हुँदै २,६२१.८६ विन्दुमा पुगेको छ। यससँगै, सबै समूहका शेयर मूल्यहरू बढेका छन्, विशेषगरी जीवन बीमा र अन्य समूहका शेयरहरू २ प्रतिशतभन्दा बढी वृद्धि भएका छन्।

फाइनान्स, होटल, जलविद्युत्, लगानी र निर्जीवन बीमा समूहका शेयरहरू पनि १.५ प्रतिशतभन्दा बढी उकालो लागेको देखिएका छन्। माउन्टेन हाइड्रो नेपाल, श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन र मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीका शेयरहरू ५ प्रतिशतभन्दा बढी बढेका छन्।

तर, समग्र बजारको वृद्धि भए तापनि, आजको कारोबार रकम भने घटेको छ। हिजो ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ३१७ वटा कम्पनीका ९१ लाख ४२ हजार कित्ता शेयर ४ अर्ब २० करोड रुपैयाँमा किनबेच भएका छन्।

यस दिन उपकार लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै, ७ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ५ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ