२ कार्तिक २०८३, सोमबार । October 20, 2026

‘अरिङ्गाल’ पछि ‘बाघ’ बन्न युवा कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन


१२ चैत्र २०८१, बुधबार  

30
Shares

काठमाडौं । प्रधानमन्त्री र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले युवा कार्यकर्तालाई ‘बाघ’ बन्ने प्रेरणा दिएका छन्। राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेलामा बोल्दै उनले युवा संघको शक्तिलाई सही ढंगले परिचालन गर्न आह्वान गर्दै यसले प्रतिगामी शक्तिहरूसँग लड्न सक्षम हुनु पर्ने बताएका छन्।

ओलीले भनें, “हामीले संघर्ष गरेर ल्याएको अधिकारलाई खोस्ने तागत कसैको छैन, र यो कुरा विशेष गरी युवाहरूले अझ स्पष्ट पार्न सक्छन्। यदि देशलाई संकटमा पार्ने प्रयास भयो भने, युवा संघले बाघको जस्तो आक्रमण गर्नेछ।” उनले युवाहरूलाई व्यवस्थीत र मर्यादित तरिकामा शक्ति प्रयोग गर्नको लागि निर्देशन दिएका छन्।

यसअघि पनि ओलीले युवा संघलाई ‘अरिंगाल’ बन्ने आह्वान गरेका थिए। २०७९ असोज महिनामा ओलीले युवालाई पार्टीविरुद्ध भ्रम फैलाउने सञ्चारमाध्यमहरू र अन्य विकास विरोधी शक्तिहरूसँग लड्न अरिङ्गालको जस्तो आक्रमण गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ५ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि