११ श्रावण २०८३, सोमबार । July 27, 2026

नेपाल सुपर लिगको टिकटिङ पार्टनर खल्ती र आइएमई पे


१२ चैत्र २०८१, बुधबार  

9
Shares

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) २०२५ को तेस्रो संस्करणको तयारी तीव्र भइरहेको छ, र यस वर्षको खेलमा खल्ती र आइएमई पे साझेदारी गर्दै नयाँ डिजिटल टिकटिङ सेवा प्रस्तुत गर्दैछन्।

१६ चैतदेखि १३ वैशाखसम्म दशरथ रंगशालामा आयोजना हुने एनएसएल २०२५ मा फुटबल फ्यानहरूले खल्ती एप वा आइएमई पे एप प्रयोग गरेर सजिलै टिकट काट्न सक्नेछन्। खल्ती र आइएमई पेले यसअघि पनि नेपाल प्रिमियर लिग, अर्जुन ट्रफी र इन्टरनेसनल उमन्स च्याम्पियनसिपजस्ता प्रमुख फुटबल इवेन्टहरूमा टिकटिङ पार्टनरको रूपमा काम गरिसकेका छन्। अब, यी दुवै डिजिटल वालेटको संयुक्त टिकटिङ साझेदारीले नयाँ ऊर्जा र सहजता थप्ने विश्वास व्यक्त गरिएको छ।

एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले यो साझेदारीमा उत्साह व्यक्त गर्दै भने, “नेपालका दुई प्रमुख डिजिटल भुक्तानी प्लेटफर्मसँग सहकार्य गर्न पाउँदा हामी धेरै खुशी छौं। यसले फुटबलका फ्यानहरूलाई अझ राम्रो सेवा प्रदान गर्ने अवसर खुला गरेको छ।” आइएमई पेका कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, “हामी नेपाली फुटबलको विकासमा योगदान पुर्‍याउँदै, खेलप्रेमीहरूको अनुभवलाई डिजिटल समाधानमार्फत थप सहज र सुलभ बनाउन चाहन्छौं।”

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हामीलाई दर्शकहरूलाई अनलाइनबाट सजिलै टिकट किन्न र दशरथ रंगशालामा उत्साहपूर्ण वातावरणको हिस्सा बन्ने अवसर पाउँदा खुशी लागेको छ। अब रंगशालामा नेपालको जोश र उमंग झल्कने छ।” एनएसएलको यो संस्करणमा सात उत्कृष्ट फुटबल क्लबहरू-ललितपुर सिटी, काठमाडौं रेजर्स, बुटवल लुम्बिनी, झापा, चितवन, पोखरा थन्डर र धनगढी-बीच रोचक प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ४ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर