२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

इटहरीको सेन्ट्रल प्लाजामा आगो नियन्त्रणमा, ११ जना उद्धार


१२ चैत्र २०८१, बुधबार  

18
Shares

सुनसरी । इटहरीको सेन्ट्रल प्लाजामा बिहान ९:३० बजे सुरु भएको आगो छ घण्टापछि नियन्त्रणमा आएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आगो निभाउन १२ दमकल र करिब तीन सय सुरक्षाकर्मी परिचालन गरिएको थियो। आगलागीको कारण भने अनुसन्धान भइरहेको छ, र क्षतिको विवरण पनि प्राप्त भएको छैन। आगोमा फसेकाहरूसँगै ११ जनाको सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएकामा बङ्गलादेशका एमडी जय, अमेरिका राई, लक्ष्मी श्रेष्ठ, विजय धामी, विष्णु तामाङ, सञ्जय जैसवाल, दिया राय, विशाल सिंह, आशिष चौधरी र अन्य दुई जना रहेका छन्। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ४ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ