१९ चैत्र २०८१, बुधबार । April 3, 2025

प्रतिपक्षी सांसदहरूको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानजनक रूपमा हटाइएको विरोधमा प्रतिपक्षी दलका सांसदहरूले आजको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।

दिउँसो ३ बजे पुनः सुरु भएको बैठकमा पनि सांसदहरूले अवरोध जारी राखेपछि, सभामुख देवराज घिमिरेले बिहीबार बिहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको घोषणा गरेका छन्।

यस अघि बिहान ११ बजे शुरु भएको बैठकमा पनि प्रतिपक्षी सांसदहरूको अवरोधका कारण आधा घण्टा बैठक स्थगित गरिएको थियो। समयमै बैठक पुनः सुरु नहुई दिउँसो ३ बजे फेरि बैठक बोलाइएको थियो। बैठकका क्रममा सांसदहरूले उठेर प्रधानमन्त्रीको जवाफ मागेका थिए। सभामुखले बारम्बार आसन ग्रहण गर्नका लागि आग्रह गरेपनि सांसदहरूले अटेर गरेपछि बैठक स्थगित गरिएको हो।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ४ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वराजा ज्ञानेन्द्रमा संवेदनशीलता देखिएन: महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुनेमा भएको राजावादी

ट्रकमा लुकाइएको २५ करोडको मालिकको पहिचान: को हुन् मालिक ?

काठमाडौं। काठमाडौंको टोखा नगरपालिका–१० मा ट्रकमा लुकाइएको २५ करोड रुपैयाँ

नेप्से सूचक २३.८६ अंकले वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २३.८६ अंकले वृद्धि हुँदै

सुरेश रजकको मृत्यु: पोस्टमार्टम रिपोर्टले के खुलाउँछ?

काठमाडौं । तीनकुनेमा जलेको अवस्थामा मृत भेटिएका पत्रकार सुरेश रजकको

रेडियो नेपाल ३ करोड नेपालीको हो, कुनै एक व्यक्ति, पार्टी वा सरकारको होइन: मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाललाई