९ श्रावण २०८३, शनिबार । July 25, 2026

सामाजिक सञ्जाल दर्ता नगरे ३० दिनमा बन्द

हालसम्म भाइबर, टिकटक र सारांश मात्रै दर्ता


१२ चैत्र २०८१, बुधबार  

42
Shares

काठमाडौं। सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने सबै व्यक्ति, कम्पनी वा संस्थालाई एक महिनाभित्र सरकारी निकायमा दर्ता गराउन सूचनाको प्रकाशन गरेको छ।

यदि तोकिएको समयसम्म दर्ता नगर्ने सामाजिक सञ्जाल प्लेटफर्मलाई रोक लगाइने चेतावनी दिइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नका लागि निर्देशिका, २०८० लागू गरेको छ। यसअनुसार, दर्ता गर्न इच्छुक संस्थाले तोकिएको ढाँचामा निवेदन सहित सम्बन्धित कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

दर्ता गर्नुपर्ने व्यक्ति, कम्पनी वा संस्थाले नेपालमा सम्पर्क विन्दु, गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ। हालसम्म भाइबर, टिकटक र सारांश मिडिया ल्याब प्रा.लि. (वीटक) ले दर्ता गरिसकेका छन्, अन्य प्लेटफर्मलाई ३० दिनको समय दिइएको छ। निर्धारित समयसम्म दर्ता नगर्ने प्लेटफर्महरूलाई रोक लगाइनेछ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ११ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर