१ आश्विन २०८३, बिहिबार । September 17, 2026

नेपालको आठ महिनामा ५६ अर्बको खानेतेल निर्यात


१२ चैत्र २०८१, बुधबार  

99
Shares

काठमाडौं। नेपालले चालु आर्थिक वर्षको आठ महिनामा लगभग ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ।

कच्चा पदार्थ आयात गरेर त्यसको प्रशोधन गर्दै मूल्यवृद्धि गरेर नेपालले यो उपलब्धि हासिल गरेको हो। भन्सार विभागको अनुसार, चालु वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्कमा यस वर्ष आयातमा ११.२० प्रतिशत र निर्यातमा ५७.२० प्रतिशत वृद्धि भएको देखिन्छ। यस वर्ष नेपालको निर्यातमा खानेतेलको ठूलो हिस्सा रहेको छ।

पछिल्ला आठ महिनामा नेपालले १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ, जसमा सोयाबिन तेल, सूर्यमुखी तेल, अलैंची र कार्पेट प्रमुख निर्यात वस्तुहरू रहेका छन्। सोयाबिन तेलको निर्यात रु ४७ अर्ब ९४ करोड ६६ लाखको, सूर्यमुखी तेल रु ७ अर्ब ९८ करोड २३ लाखको र अलैंचीको निर्यात रु ५ अर्ब ८३ करोड ७३ लाखको भएको छ। चालु वर्षको दोस्रो चौमासिक अवधिसम्म नेपालले १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख रुपैयाँको कुल वैदेशिक व्यापार गरेको छ।

यस अवधिमा व्यापार घाटा रु ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रहेको छ। नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाखको वस्तु आयात गरेको र १ खर्ब ५८ अर्ब १७ करोड २४ लाखको निर्यात गरेको छ। नेपालको व्यापार घाटा विशेषगरी भारत र चीनसँग उच्च देखिएको छ।

भारतसँग नेपालले ५ खर्ब ६३ अर्ब ६७ करोडको व्यापार घाटा बेहोरेको छ। यस अवधिमा पेट्रोलियम पदार्थको आयातमा उच्च वृद्धि भएको छ। नेपालले डिजेल, पेट्रोल र एलपी ग्यासको आयातमा ठूलो खर्च गरेको छ। साथै, विद्युतीय सवारीसाधन र स्मार्टफोनको आयात पनि उल्लेखनीय रहेको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  १० : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ