१ माघ २०८२, बुधबार । January 15, 2026

नेपालको आठ महिनामा ५६ अर्बको खानेतेल निर्यात



काठमाडौं। नेपालले चालु आर्थिक वर्षको आठ महिनामा लगभग ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ।

कच्चा पदार्थ आयात गरेर त्यसको प्रशोधन गर्दै मूल्यवृद्धि गरेर नेपालले यो उपलब्धि हासिल गरेको हो। भन्सार विभागको अनुसार, चालु वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्कमा यस वर्ष आयातमा ११.२० प्रतिशत र निर्यातमा ५७.२० प्रतिशत वृद्धि भएको देखिन्छ। यस वर्ष नेपालको निर्यातमा खानेतेलको ठूलो हिस्सा रहेको छ।

पछिल्ला आठ महिनामा नेपालले १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ, जसमा सोयाबिन तेल, सूर्यमुखी तेल, अलैंची र कार्पेट प्रमुख निर्यात वस्तुहरू रहेका छन्। सोयाबिन तेलको निर्यात रु ४७ अर्ब ९४ करोड ६६ लाखको, सूर्यमुखी तेल रु ७ अर्ब ९८ करोड २३ लाखको र अलैंचीको निर्यात रु ५ अर्ब ८३ करोड ७३ लाखको भएको छ। चालु वर्षको दोस्रो चौमासिक अवधिसम्म नेपालले १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख रुपैयाँको कुल वैदेशिक व्यापार गरेको छ।

यस अवधिमा व्यापार घाटा रु ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रहेको छ। नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाखको वस्तु आयात गरेको र १ खर्ब ५८ अर्ब १७ करोड २४ लाखको निर्यात गरेको छ। नेपालको व्यापार घाटा विशेषगरी भारत र चीनसँग उच्च देखिएको छ।

भारतसँग नेपालले ५ खर्ब ६३ अर्ब ६७ करोडको व्यापार घाटा बेहोरेको छ। यस अवधिमा पेट्रोलियम पदार्थको आयातमा उच्च वृद्धि भएको छ। नेपालले डिजेल, पेट्रोल र एलपी ग्यासको आयातमा ठूलो खर्च गरेको छ। साथै, विद्युतीय सवारीसाधन र स्मार्टफोनको आयात पनि उल्लेखनीय रहेको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  १० : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले