२३ असार २०८२, सोमबार । July 8, 2025

मेयर बालेनलाई पक्राउ गर्न एमाले युवा संघको माग



काठमाडौं । नेकपा एमालेसँगको भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौं मेयर बालेन शाहलाई समाजमा अशान्ति नफैलाउने चेतावनी दिएको छ।

युवा संघको महानगर कमिटीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर बालेनलाई आपत्तिजनक टिप्पणीहरू गर्ने कारण कानुनी कारबाहीको माग गरेको हो। सोमबार साँझ बालेन शाहले सामाजिक सञ्जालमा “अबको एक हप्तामा महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्ने” भन्ने अभिव्यक्ति दिएका थिए, जसलाई युवा संघले गलत र उत्तेजनापूर्ण ठानेको छ ।

संघले मेयर शाहलाई पदीय जिम्मेवारीको सदुपयोग गर्दै समाजमा सकारात्मक प्रभाव पार्नका लागि सचेत गराउँदै, सस्तो लोकप्रियता र सामाजिक सञ्जालमा लाइक बटुल्नका लागि स्तरहीन बयानहरू नदिन चेतावनी दिएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ५ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले