६ आश्विन २०८३, मंगलबार । September 22, 2026

“एक हप्तामा तलब नदिए टुकुचामा गाडिदिन्छु!” – मेयर बालेन


११ चैत्र २०८१, मंगलबार  

87
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) का मेयर बालेन शाहले नगरपालिकाका कर्मचारीहरूलाई तलब नदिने व्यवस्थापकहरूप्रति कडा कारबाहीको चेतावनी दिएका छन्।

उनले अर्को एक हप्ताभित्र कर्मचारीहरूलाई तलब नदिएमा सम्बन्धित जिम्मेवारहरूलाई टुकुचामा गाड्ने धम्की दिएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जाल मार्फत मेयर शाहले सरकारको अहंकारले गर्दा पिछ्ला तीन महिनादेखि सरसफाइ कर्मचारीहरूले तलब पाउन नसकेको बताए। उनले आफ्नो फेसबुक पोष्टमा लेखे, “काठमाडौं महानगरपालिकाका सरसफाइ कर्मचारीहरूले ३ महिनादेखि तलब पाएका छैनन्। सरकारको दम्भले यस्तो भएको हो। को-कोले कस्तो आन्दोलन गर्छ, मलाई थाहा छैन। तर अबको एक हप्ताभित्र हाम्रा कर्मचारीहरूले तलब पाएनन् भने, म सम्बन्धित जिम्मेवारहरूलाई टुकुचामा गाडिदिने छु!”

यसैसाथ उनले राजनीतिक दलहरूका नेताहरूप्रति पनि संकेत गर्दै भने, “त्यसपछि हेरौंला, तपाईंहरूको तन्त्रले के गर्छ!”

मेयर शाहको यो कडा बयानले सरकार र नगरपालिकाको वित्तीय प्रशासनप्रति गम्भीर चिन्ता उठाएको छ। कर्मचारीहरूको तलब नदिने समस्याको समाधानका लागि उनले अहिले नै कारबाही गर्ने जोड दिएका छन्।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  १० : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा