३० फाल्गुन २०८२, शनिबार । March 14, 2026

ज्ञानेन्द्र शाहीको कांग्रेस महामन्त्रीद्वयलाई चुनौती- कुलमानलाई हटाउने मन्त्रीलाई कारबाही गर्नुस्


११ चैत्र २०८१, मंगलबार  

93
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने उर्जामन्त्री दीपक खड्कालाई सरकारबाट फिर्ता बोलाउन नेपाली कांग्रेसलाई खुल्ला चुनौती दिएका छन्।

कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि कटाक्ष गर्दै शाहीले भने, “गोहीको जस्तो आँसु नझार्नुस्।” उनले थपे, “आफै झाँक्री, आफै बोक्सी। गगन थापा र विश्वप्रकाश शर्माजी यदि तपाईंहरूले साँच्चै कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न चाहनुहुन्छ भने, कुलमान घिसिङलाई हटाउने मन्त्रीलाई फिर्ता बोलाउनुस् र कारबाही गर्नुहोस्। चाबी र ताला तपाईंकै हातमा छ।”

शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत चुनौती दिँदै भने, “यदि तपाईं साँच्चै कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न चाहनुहुन्छ भने, कांग्रेस र एमालेसँगको गोप्य सम्झौतामा भएको टिआरसी विधेयकको सहमति तोड्नुहोस्। अन्यथा, हातिको जस्तो दुईवटा दाँत नदेखाउनुहोस्, एउटा चपाउने र अर्को लुकाउने। गोहीको जस्तो आँसु नझार्नुस् र सामाजिक सञ्जालमा मात्र रमिता र नाटक नगर्नुस्।”

ज्ञानेन्द्र शाहीको यो वक्तव्यले राजनीतिक माहोलमा ताजातरीन बहस सिर्जना गरेको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по