२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूको छलफल


१० चैत्र २०८१, सोमबार  

93
Shares

काठमाडौं । नेपालका तीन प्रमुख दलका शीर्ष नेताहरुले समसामयिक राष्ट्रिय मुद्दाहरू र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गरेका छन्।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उक्त बैठक सम्पन्न भएको हो।

यस छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेताहरु शक्ति बस्नेत र खिमलाल देवकोटा, साथै प्रधानमन्त्री ओलीका सल्लाहकार अग्नी खरेलको समेत सहभागिता रहेको थियो ।

उक्त छलफलअघि अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ५ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट